site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा महिलाको बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा ३७ वर्षीया महिलाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–९ मा बस्दै आएका भारतको बलिया थानाका ५० वर्षीय अजय गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति ती महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको उजुरीपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले गुप्तालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्