site stats
बाह्रखरी :: Baahrakhari
देश
तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । 

म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्