site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले काभ्रेपलाञ्चोकका दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले भुम्लु गाउँपालिका–५ का २४ वर्षीय सुरेश विश्‍वकर्मा र तेमाल गाउँपालिका–६ का ३० वर्षीय जितेन्द्र तामाङलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वाग्मती प्रदेश ०२–०४१ प ००८६ नम्बरको मोटरसाइकल काठमाडौंको टोखाबाट हराएको निवेदन परेको थियो ।

ट्राफिक प्रहरीले वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२ ४८ नम्बर राखेर चलाइरहेको अवस्थामा सुरेशलाई काठमाडौं महानगरपालिका–१६ स्थित पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्रमार्फत विश्‍वकर्माले खरिद गरेको खुलेपछि आएपछि तामाङलाई पनि काठमाडौंको थापाथलीबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्