site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री साउँदविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दका अनुसार मन्त्री साउँदविरुद्धको उजुरीमा शान्तिसुरक्षा गरिपाउँ भन्ने रहेको छ । 

आर्थिक लेनदेनको विषयमा मन्त्री साउँद र बोहराबीच विवाद देखिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्