site stats
बाह्रखरी :: Baahrakhari
देश
हत्याको २० वर्षपछि पक्राउ परिन् कैली तामाङ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ । साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि विसं २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो । जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसुरमा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी फरार थिइन् ।

उनलाई बुधबार संखुवासभा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्