site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

देउखुरी । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । 

बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । 

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । 

बसमा ४७ यात्रु सवार रहेकामा दुईजना घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेको उनले बताए । 

शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्