site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–६ का २४ वर्षीय काले भनिने संयोग चौधरी छन् ।

१४ वर्षीया नाबालिगको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई नाबालिगको बलात्कार गर्दै आएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्