site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
त्रासदीपूर्ण भूकम्पको पीडा फेरि भोग्न नपर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

२६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार काठमाडौंको नैकापमा आयोेजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पटक पटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको धारणा राखे । २०७२ वैशाख १२ को भूकम्पले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको अहिलेको पुस्ता साक्षी भएको बताउँदै विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिए । 

उनले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बिमा गर्ने व्यवस्था हुनुपर्ने धारणा राखे । विस्तारै देशैभरिका निजी आवास र सरकारी संरचनाको बिमाको व्यवस्था गर्नुपर्ने सुझावलाई मनन् गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बिमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

"विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकारलाई विपद जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधनस्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिबद्ध छ," प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्