site stats
बाह्रखरी :: Baahrakhari
देश
रोल्पामा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रोल्पामा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका–६, गामखोलेका ६१ वर्षीय कविराम पुन छन् ।

४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार राति उनले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्