site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्यो
फाइल तस्बिर ।

काठमाडौं । पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेको छ ।  धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको हो । 

आज बिहान ३ः४५ बजे पहिरो खस्दा राजमार्ग ठप्प भएको थियो । बिहान ९ बजे एकतर्फी सञ्चालन भएको धादिङ प्रहरीले जनाएको छ । 

सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेको छ । सोही कारण पहिरो खस्ने गरेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्