site stats
बाह्रखरी :: Baahrakhari
खेल
हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधि चितवनलाई 

काठमाडौं । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधि चितवनले जितेको छ । आइतबार दोलखाको जिरीमा भएको फाइनल खेलमा रामेछापलाई हराउँदै चितवनले उपाधि चुमेको हो ।

यही पुस २६ गतेदेखि सुरु प्रतियोगिताको विजेता चितवनले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता रामेछापले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पायो ।

प्रतियोगितामा तेस्रो भएको सिन्धुलीले ५० हजार रुपैयाँसहित प्रमाणपत्र पायो । दोलखाले सान्त्वनास्वरूप ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगिताको बेस्ट प्लेयर चितवनका नवीन महतो, बेस्ट स्पाइकर रामेछापका रोशन मगर, बेस्ट सर्भर सिन्धुलीका सरोज हायु, बेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, बेस्ट ब्लकर चितवनकै मनीष राई र बेस्ट डिफेन्डर रामेछापका माइकल आलेले ट्रफी प्राप्त गरे ।

माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेशसभा ‘क’ले आयोजना गरेको कार्यक्रममा पार्टीका प्रदेश सभापति शुक्रराज तामाङले उपाधि विजेतालाई मेडल, ट्रफी र नगद प्रदान गरेका थिए ।

प्रतियोगितामा वाग्मती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्