site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीप लामिछानेलाई सजाय निर्धारण : धरौटीबाटै काटिन्छ जरिबाना र क्षतिपूर्ति 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद र तीन लाख जरिबानासहित थप दुई लाख पीडितलाई क्षतिपूर्ति हुने सजाय निर्धारण गरेको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ लाई बालिग ठहर गर्दै जबरजस्ती करणीमा आठ वर्ष कैद हुने सजाय निर्धारण गरेको हो । 

लामिछाने जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा पठाएपछि उच्च अदालत पाटनको २० लाख धरौटीमा छोड्ने आदेशबाट थुनामुक्त भएका थिए । लामिछानेका लागि अहिले निर्धारण भएको तीन लाख जरिबाना र थप दुई लाख क्षतिपूर्ति रकम त्यही धरौटी राखेको रकमबाट काटिने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । 

उक्त रकम लामिछाने पुनरावेदन गए भुक्तानीका लागि उच्च अदालतको आदेश कुर्नुपर्ने वा नपर्ने विषय भने फैसलाको पूर्णपाठ आएपछि मात्र स्पष्ट हुने उनले बताए । लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा जान भने जिल्ला अदालतको फैसलाको पूर्ण पाठ कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्