site stats
बाह्रखरी :: Baahrakhari
देश
काकाको घरको गहना चोरी गर्ने भतिजासहित चारजना पक्राउ

काठमाडौं । प्रहरीले काकाको घरको सुनका गरगहना चोरी गर्ने भतिजासहित चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका २० वर्षीय सन्देश नेपाली, कास्कीको पोखराका २६ वर्षीय अनिश पौडेल, नुवाकोटका ४१ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र काठमाडौंको महाराजगन्जका राजकुमार विश्वकर्मा छन् ।

Argakhachi Cement Island Ad

उनीहरूले सन्देशका काका ललितपुरको मंगलबजारमा बस्दै आएका रामबहादुर नेपालीको कोठा फोडेर चार तोलाबराबर सुनका गरगहना र नगद समेत चोरी गरेका थिए ।

चोरी गरिएको सुनको सिक्री र नगद उनीहरूका साथबाट बरामद गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका चारजनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्