site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्राजिलमा बस र ट्रक ठोक्किँदा २५ जनाको मृत्यु

ब्रासिलिया । उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब २५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्नि नियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन् ।

आइतबार राति भएको दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

दुर्घटनाको कारण अहिलेसम्म थाहा भएको छैन । अग्नि नियन्त्रकहरूले पीडितहरूको शव पहिचानका लागि प्रहरीलाई जिम्मा दिएका छन् । 

दुर्घटना भएको स्थान नजिकैको सहर ज्याकोबिनाका मेयर कार्यालयले सोमबार तीन दिनको आधिकारिक शोक घोषणा गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्