site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चन्द्रागिरि नगरपालिका–३, थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

सर्लाहीको मलंगवा नगरपालिका–६ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–३, खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्