site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ । 

जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने युवा विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।

नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै, नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ । 

विश्वकपअघि नेपाली युवा टिम दक्षिण अफ्रिकामा जनवरी ५ देखि १२ सम्म ‘हाई पफर्मेन्स क्याम्प’ मा बस्ने छ ।

नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल तिलकराज भण्डारी, आकाश चन्द

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्