site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार, यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्