site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री कार्यालयको गेटमा अर्धनग्न पुग्ने युवा को हुन् ?

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि तीन युवा अर्धनग्न अवस्थामा पुगेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको गेटअगाडि उनीहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएकालाई प्रहरी वृत्त सिंहदरबार राखिएको छ । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’लगायत नारा लेखेका प्लेकार्ड देखाएका थिए ।

प्रहरीका अनुसार उनीहरू मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको खुलेको छ । सिंहदरबारबाहेक उनीहरूले बालुवाटार अगाडि समेत प्रदर्शन गरेका छन् । उनीहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्