site stats
बाह्रखरी :: Baahrakhari
देश
जनमत पार्टीका नेता तथा कार्यकर्ता छुटे

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेता, कार्यकर्तालाई छुटाएका छन् । 

उक्त पार्टीले आज आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ता गिरफ्तार भएका थिए । 

अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खानलगायत ५२ नेता कार्यकर्तालाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्