site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकुमारी घटना छानबिन गर्न कांग्रेसले माग्यो उच्चस्तरीय न्यायिक आयोग

काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ ।

सत्तासाझेदार दल कांग्रेसले भने न्यायिक आयोग गठन गरी मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्