site stats
बाह्रखरी :: Baahrakhari
देश
युवाले थाले आन्दोलन, दुई मन्त्रीले राजीनामा नदिएसम्म नरोक्ने चेतावनी

काठमाडों । ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । घटनापछि वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन थालिएको हो । दैलेखसहित कर्णाली प्रदेशका युवाले वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् ।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाले वीरेन्द्रनगरको एरीचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरूले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका छन् ।

उनीहरूले राज्यकै कारण युवाको ज्यान गएको बताएका छन् । गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्