site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ, निष्पक्ष छानबिन गर्न निर्देशन
फाइल तस्बिर

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ब्रिफिङ लिएका छन् । गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग प्रचण्डले ब्रिफिङ लिएका हुन् । 

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ दिएका हुन् । 

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए । 

ब्रिफिङमा उनीहरुले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्