site stats
बाह्रखरी :: Baahrakhari
देश
रंगेलीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु 

विराटनगर । मोरङको रंगेली नगरपालिकामामा शुक्रबार ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

रंगेली–८ वडा कार्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको आफन्त इट्टा उद्योग को ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा झमनपुर बस्ने ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिए ।

ट्याक्टर चालक धनपालथान–४ बस्ने २५ वर्षीय अजय चौधरी र सह–चालक रंगेली–२ बस्ने ३६ वर्षीय मोहमद अमिरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । 

प्रहरी निरीक्षक चौलागाईंले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्