site stats
बाह्रखरी :: Baahrakhari
देश
अपहरणमा परेको ३६ घण्टापछि दुई वर्षीय बालिकाको सकुशल उद्धार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अपहरणमा परेकी दुई वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको छ । अपरणमा परेको ३६ घण्टापछि प्रहरीले बालिकाको सकुशल उद्धार गरेको हो ।

प्रहरीका अनुसार सिन्धुपालचोक घर भएर हाल भक्तपुरस्थित गोठाटार बस्दै आएकी दुई वर्षीय बालिका पुस १० गते गौशालाबाट अपहरणमा परेकी थिइन् ।

प्रहरीले अपहरण भएको ३६ घण्टापछि उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित पानीट्याङ्कबाट आज उद्धार गरेको हो ।

ती बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले रामेछापका ३७ वर्षीय राज नेपाललाई पक्राउ गरेको छ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्