site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उच्च अदालतमा अटोमेसनमा पेसी तारिखको पूर्णाभ्यास सुरु

काठमाडौं । उच्च अदालतमा आजदेखि पेसी तारिख अटोमेसनको अभ्यास पूर्णरूपमा सुरु भएको छ । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा उद्घाटन गरेका हुन् ।

Argakhachi Cement Island Ad

अटोमेसनमा पेसी तारिखको पहिलो सेवा होमबहादुर श्रेष्ठले लिएका छन् । अबदेखि उच्च अदालत र इजलासहरूमा अटोमेसनको अभ्यास पूर्णरूपमा गरिने बताइएको छ । 

अब दर्ता भएका मुद्दामा सफ्टवयेरमा दर्ता भएपछि अटोमेटिक रूपमा मुद्दाको पालो आउने मिति अर्थात पेसी पाउनेछन् ।

सर्वोच्चबाट पाइलट प्रोजेक्टका रूपमा अभ्यास थालिएको पेसी तारिख अटोमेसन चार महिनाको अभ्यासपछि उच्चमा गरिएको हो ।  

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले पेसी तारिख अटोमेसनमा तोक्ने प्रविधिको आरम्भ गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्