site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेताका कमजोरी देखाएर व्यवस्थामाथि प्रहार हुँदै छ, सफल हुन दिन्नौँ : वर्षमान पुन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरूका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको वाग्मती प्रदेश समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नरहेको बताए ।

"नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन,| पुनले भने ।

पुनले गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका पाँच पिल्लर भएको र एउटा कमोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गरे ।

उनले परिवर्तनविरोधीले परिवर्तनका पिल्लरहरूमध्ये केही भत्काउन खोज्दा भ्रमवश नागरिकले समर्थन जनाए बाँकी पनि संकटमा पर्नेबारे समयमै सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्