site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गरेर विरोध प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले पानी राख्न प्रयोग हुने जार, बाल्टिन, गाग्री, कलशलगायतका सामग्री पनि प्रदर्शन गरेका थिए ।

उनीहरूले 'मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर'सहितका नारा लगाएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्