site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ : प्रधानमन्त्री
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् ।

आइतबार बर्दिवासको जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले २१औँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘‘२१औँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा पर्दै आएका छन् । तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ । हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।’’

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्