site stats
बाह्रखरी :: Baahrakhari
देश
२५ किलो चरेससहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट दुईजनालाई पक्राउ गरेको छ । २५ किलो चरेस कारोबार गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन् ।

धादिङको गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, “सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।”

यसैबीच, अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्