site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो थप चार नयाँ शाखा

काठमाडौं । ग्लोबल आईएमई बैंकले चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५, काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध भएको बैंकले जनाएको छ ।

बैंकको देशभर ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्