site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा '७०० जनाले ज्यान गुमाए'

काठमाडौं । इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा '७०० जनाले ज्यान गुमाएका' छन् । अस्थायी युद्धविराम सकिएसँगै इजरायलले आक्रमणलाई थप सशक्त बनाएको छ ।

गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकले २४ घण्टामा इजरायली आक्रमणबाट ७०० भन्दा धेरै मारिएको बताएको अल्जजिराले जनाएको छ ।

यता इजरायली सेनाले दक्षिणी गाजातर्फको खान युनिसका बासिन्दालाई ठाउँ खाली गर्न भनेको छ ।

आज बिहान मात्र इजरायली सेनाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

अल्जजिराबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्