site stats
बाह्रखरी :: Baahrakhari
देश
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  

६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Argakhachi Cement Island Ad

रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्