site stats
बाह्रखरी :: Baahrakhari
देश
जलवायु परिवर्तनबाट पीडित देशलाई पाँच देशले कति गरे सहयोग ?
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त/रासस ।

काठमाडौं । जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनले बिहीबार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने क्षति र त्यससँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो । 

कोषमा यो निर्णायक कार्यले दुबई, संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप २८) को सम्मेलनको २८ औं सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिवद्धता जनाइएको हो । यूएईको नेतृत्वमा धेरै देशहरूले कोषमा आर्थिक प्रतिवद्धता जनाएका छन् । जसमा यूएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले चार करोड पाउन्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि दुई करोड पाउन्ड सहयोग गरेको छ । 

जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिका, १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्