site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले माग्यो २३० कर्मचारीका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो । 

काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ । 

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । 

पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनु पर्नेछ ।  
3-1701480442.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्