site stats
बाह्रखरी :: Baahrakhari
देश
छोराको कुटपिटबाट बुवाको हत्या
Argakhachi Cement Island Ad

रसुवा । उत्तरी रसुवामा छोराले कुटपिट गरी बुबाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुवा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेका हुन् । 
 
उनले मादक पदार्थ सेवन गरेकै कारण बुवालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्