site stats
बाह्रखरी :: Baahrakhari
देश
रिसोर्टमा कौडा खेलेका १६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीमा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१, निर्मलपोखरी मैदानस्थित इलाइट रिसोर्टका सञ्चालकलगायत व्यक्तिहरू छन् ।

सो रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा गए राति उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रिसोर्टका सञ्चालक पोखरा–३३ का ३८ वर्षीय सन्तोष गुरुङसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूका साथबाट नगद पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्