site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसी समर्थनको प्रतिक्रियामा हमासले एकजना रुसी बन्दी छाड्दै

काठमाडौं । चारदिने युद्धविरामको तेस्रो दिन आज हमासले एकजना रुसी बन्दीलाई पनि रिहा गर्ने भएको छ । हमास आफैँले एक वक्तव्यमार्फत रुसी नागरिकताधारी एकजनालाई छाड्न लागिएको जनाएको हो ।

हमासले इजरायलसँगको युद्धमा रुसले आफूलाई गरेको समर्थनका लागि रुसी नागरिकलाई रिहा गर्न लागिएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

अल्जजिराका अनुसार इजिप्टले आज इजरायल र हमासबाट रिहा हुन लागेका व्यक्तिहरूको सूची पाएको छ । जसअनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची पाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्