site stats
बाह्रखरी :: Baahrakhari
देश
बाघको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१, दुवीचौर बस्ने अन्दाजी ४३ वर्षीय हरी पौडेल रहेका छन् । 

राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्रअन्तर्गत दोभानमा बिहीबार खर काट्न गएको अवस्थामा बाघले आक्रमण गरेको थियो । 

सो क्षेत्र मनहरी गाउँपालिका–६, खयरघारी गाउँदेखि अन्दाजी दुई किलोमिटर दक्षिणतर्फ पर्छ ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्