site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका–१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार अर्का आरोपित बाँकेकै जानकी गाउँपालिका–२, चौधरीपुरका २० वर्षीय सन्देश थापा क्षेत्री फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

गएको कात्तिक ३० गते ती महिलालाई खजुरा–१, जलपोखरीस्थित अरहरी बारीमा लगेर उनीहरूले बलात्कार गरेको आरोप छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्