site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी पूर्वराष्ट्रपति कार्टरकी पत्नी रोजालिनको निधन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरकी पत्नी रोजालिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । कार्टर सेन्टरले एक विज्ञप्ति जारी गर्दै परिवारसँग रहेकै बेला उनको निधन भएको पुष्टि गरेको हो ।

शुक्रबार उनलाई जोर्जिया राज्यको एक हेरचाहगृहमा राखिएको थियो । त्यहाँ उनका पति अर्थात् अमेरिकी पूर्वराष्ट्रपति कार्टरलाई गएको फेब्रुअरीदेखि राखिएको छ ।

कार्टरकी पत्नीलाई गएको मे महिनामा डिमेन्सिया भएको पत्ता लागेको थियो ।

जिमी कार्टर सन् १९७७ जनवरी २० देखि १९८१ जनवरी २० सम्म राष्ट्रपति हुँदा उनी अमेरिकाकी प्रथम महिला थिइन् । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्