site stats
बाह्रखरी :: Baahrakhari
देश
युट्युबर मनोज मानवलाई ७ दिन थुनामा राखिने, अनुसन्धान गर्न प्रहरीले पायो अनुमति
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले मनोज मानव भनिने सिरहा लहानका मनोज कुमार महतोलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ । बुधबार पक्राउ परेका मनोजलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

मनोजलाई प्रहरीको साइबर ब्युरोको टोलीले टिकटक तथा फेसबुकमार्फत एक महिलाको चरित्र हत्या हुने खालको भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरेको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा चलाएर अनुसन्धान भइहरेको ब्युरोका एसपी पशुपती कुमार रायले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्