site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम (पश्चिम)मा भूकम्पले थप १० जना घाइते 
फाइल तस्बिर

काठमाडौं । जाजरकोट केन्द्र बनाएर सोमबार साँझ गएको परकम्पमा परी रुकुम (पश्चिम)मा थप १० जना घाइते भएका छन् । उनीहरूको जिल्लामै उपचार भइरहेको छ । 

“हिजोको भूकम्पमा परी थप १० जना घाइते भएका छन् । उनीहरूको जिल्लाकै अस्पतालमा उपचार भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक धमेन्द्र खड्काले बाह्रखरीसँग भने, “भूकम्पपछि भागदौडमा कसैको खुट्टा भाचिने, मर्किने भएको छ । तर, संरचना भत्किएर च्यापिएको होइन । त्यसैले कोही पनि गम्भीर घाइते भएको छैन ।” 

जाजरकोटमा हिजो साँझ ५.८ म्याग्निच्युडको परकम्प गएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्