site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेट टोलीलाई एक्स–एज नेपालको १० लाख सहयोग 

काठमाडौं । एक्स–एज नेपालले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान तथा नगद सहयोग प्रदान गरेको छ ।

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा पर्न सफल भएको नेपाली टिमको अद्वितीय प्रदर्शनप्रति सम्मान गर्दै नगद प्रदान गरेको हो । 

आइतबार भएको फाइनल खेलपछि एक्स–एज नेपालले नेपाली टिमका कप्तान रोहितकुमार पौडेललाई १० लाखको चेक हस्तान्तरण गरेको हो । 

एक्स–एजले विभिन्न क्रियाकलापमार्फत निरन्तर नेपाल क्रिकेट संघ (क्यान)को समर्थन गर्दै नेपाली क्रिकेटको विकास र समृद्धिमा योगदान पुर्‍याउँदै आएको बताएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्