site stats
बाह्रखरी :: Baahrakhari
देश
१० हजार ७०० थान टेन्ट लिएर सशस्त्र प्रहरीको टोली भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको ‘डिजास्टर रेस्पोन्स सिस्टम’ कन्टेनर टेन्ट लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७०० थान टेन्ट लिएर पश्चिम रुकुममा गएको हो । 

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान र नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट पठाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि भूकम्प पीडितहरूको लागि आवश्यक सामाग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्