site stats
बाह्रखरी :: Baahrakhari
देश
कपिलवस्तुमा बसबाट लडेर महिलाको मृत्यु 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–७, घेरुवा बनगाईमा बसबाट लडेर महिलाको मृत्यु भएको छ । 

लु १ ख ८६७७ नम्बरको बसबाट ओर्लने क्रममा लडेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–७, मोतीपुर बस्ने २६ वर्षीया सृजना गिरी रहेकी छन् । 

लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्