site stats
बाह्रखरी :: Baahrakhari
देश
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
Argakhachi Cement Island Ad

सुदूरपश्चिम । बुवाको हत्या गरेको आरोपमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्