site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘फ्रेन्ड्स’ सिरिजका स्टार म्याथ्यू पेरीको निधन

काठमाडौं । अमेरिकी एक्टर एवं कमेडियन म्याथ्यू पेरीको ५४ वर्षको उमेरमा निधन भएको छ । 

खासगरी ९० को दशकको हिट टिभी सिटकम ‘फ्रेन्ड्स’मा चन्डलर बिङको भूमिका निभाएका म्याथ्यू पेरीको ५४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

उनी लस एन्जलसमा आफ्नै घरमा मृत फेला परेको बताइएको छ । न्यूयोर्क सहरमा बस्ने ६ जना युवा साथीको सम्पत्तिबारेको फ्रेन्ड्स सन् १९९४ देखि सन् २००४ सम्म प्रसारण भएको थियो ।

फ्रेन्ड्सको अन्तिम एपिसोडलाई अमेरिकामा पाँच करोड २५ लाख मानिसले हेरेका थिए । सन् २००० को दशकमा यो सबैभन्दा बढी हेरिएको टिभी एपिसोड बनेको थियो । पेरीले फूल रस इन, अलमोस्ट हिरोज र द होल नाइन यार्ड लगायत चलचित्रहररूमा पनि अभिनय गरेका थिए ।

फ्रेन्ड्स निर्माता वार्नर ब्रोसले पेरीको निधनले स्तब्ध भएको बताएको छ । उनको निधनको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्