site stats
बाह्रखरी :: Baahrakhari
देश
टेकुमा तास खेलिरहेका सातजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–१२, टेकुमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । स्थानीय २२ वर्षीय रिक्की देउलासहित सातजनालाई बुधबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद तीन लाख ८६ हजार २०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्