site stats
बाह्रखरी :: Baahrakhari
देश
अज्ञात समूहले गर्‍यो गाउँपालिकाको एक्साभेटर तोडफोड

बैतडी । अज्ञात समूहले बैतडीको डिलासैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेको छ ।

डिलासैनी–६ को वडा कार्यालयअगाडि राखिएको बा. प्र.०१–००४ क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ ।

तोडफोड गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्