site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका–१०, पुरानोगाउँका विनोद हुमागाईंको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४४ वर्षीय रामचन्द्र विष्टसहित आठजना छन् । गए राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

नगद एक लाख ५३ हजार ४७० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्